०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

सार्वजनिक बसमा यातायात र ट्राफिक प्रहरीको सयुत्त अनुगमन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

तेज वली दाङ घोराही तुलसीपुर र दाङका पश्चिम क्षेत्रमा सञ्चालन भएका सार्वजनिक सवारीका साधनमा अनुगमन गरेको कार्यदलका संयोजक घनश्याम बस्नेतले जानकारी दिए । उनका अनुसार अनुगनको क्रममा केहि गाडीहरुले बढी भाडा लिएको निर्धारित यात्रुभन्दा बढी हालेको पाएको बताए ।
उनले उनीहरुलाई पहिलो पटक सजक गराएको र नियम पालना गरि कोभिड –१९ को जोखिम बाट बचन र तोकिए भन्दा बढी भाडा नअशुल्न चेतावनी दिएको बातए । सरकारले छोटो दुरीका गाडिहरु सञ्चालन गर्ने निर्णय संगै लिदै आएको भाडामा केहि बढायर स्वास्थ्य सतर्कता अपनायर सार्वजनिक यातायात जिल्लामा पनि सञ्चालन गरिएको थियो । ‘केहि यातायातका साधनहरुले भाडा बढी लिएको देखियो, अन्य नियम भने पालना भएको छ, त्यसलाई थप व्यवस्थीत गर्न सुझाव दिएका छौं फेरीपनि यस्तो देखिए कारवाहि हुने छ बस्नेतले भने ।
साथै सार्वजनिक यातायातका साधनमा स्वास्थ्य सतर्कतालाई ध्यानमा दियर सवै सुरक्षाका कुराहरु सोमवार देखि अवलम्वन गर्ने निर्णय भएको उनले बताए । कार्यदलका संयोजक बस्नेत सहित अनुगमनमा यातायात प्रालिका प्रतिनिधिहरु निमकुमार श्रेष्ठ, दिपक वुढाथोकी, अतुल कँवर प्रलाह्द श्रेष्ठ , भिमबहादुर खत्री ,मजदुर संघ संगठनका प्रतिनिधिहरु केशव भण्डारी ,सुवर्नराज भण्डारी , ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीलगायतका सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।ध्यानाकर्षणत्यसैविच जिल्लामा आफुहरुले राज्यको नियम पालना गरेपनि निजि सवारी साधन र साना गाडीहरुले भने नियम उल्घन भएको भन्दै प्रालिले ध्यानकर्षण भएको जनाएको छ । जिल्ला भित्रमात्र गाडी सञ्चालन हुने भनेपनि नेपालगञ्ज, पोखरालगायतका स्थानबाट यातायातका साधनहरु जिल्लामा भित्रिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरिएको छ । त्यस्तै निजि सवारी साधनले पुरा सिटमा मानिस ओसार पसार गरेको स्वास्थ्य सुरक्षा कुनैपनि न अपनाएको बताएको छ । ‘हामीहरुले नियम पालना गरेका छौं तर निजि सवारी सधान र वाहिर बाट सार्वजनिक यातायातका साधन पनि निर्वात रुपमा जिल्लामा भित्रीएको छन् संयोजक बस्नेतले भने । उनले तत्काल सम्वन्धीत निकायले यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!