०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सार्वजनिक बसमा यातायात र ट्राफिक प्रहरीको सयुत्त अनुगमन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

तेज वली दाङ घोराही तुलसीपुर र दाङका पश्चिम क्षेत्रमा सञ्चालन भएका सार्वजनिक सवारीका साधनमा अनुगमन गरेको कार्यदलका संयोजक घनश्याम बस्नेतले जानकारी दिए । उनका अनुसार अनुगनको क्रममा केहि गाडीहरुले बढी भाडा लिएको निर्धारित यात्रुभन्दा बढी हालेको पाएको बताए ।
उनले उनीहरुलाई पहिलो पटक सजक गराएको र नियम पालना गरि कोभिड –१९ को जोखिम बाट बचन र तोकिए भन्दा बढी भाडा नअशुल्न चेतावनी दिएको बातए । सरकारले छोटो दुरीका गाडिहरु सञ्चालन गर्ने निर्णय संगै लिदै आएको भाडामा केहि बढायर स्वास्थ्य सतर्कता अपनायर सार्वजनिक यातायात जिल्लामा पनि सञ्चालन गरिएको थियो । ‘केहि यातायातका साधनहरुले भाडा बढी लिएको देखियो, अन्य नियम भने पालना भएको छ, त्यसलाई थप व्यवस्थीत गर्न सुझाव दिएका छौं फेरीपनि यस्तो देखिए कारवाहि हुने छ बस्नेतले भने ।
साथै सार्वजनिक यातायातका साधनमा स्वास्थ्य सतर्कतालाई ध्यानमा दियर सवै सुरक्षाका कुराहरु सोमवार देखि अवलम्वन गर्ने निर्णय भएको उनले बताए । कार्यदलका संयोजक बस्नेत सहित अनुगमनमा यातायात प्रालिका प्रतिनिधिहरु निमकुमार श्रेष्ठ, दिपक वुढाथोकी, अतुल कँवर प्रलाह्द श्रेष्ठ , भिमबहादुर खत्री ,मजदुर संघ संगठनका प्रतिनिधिहरु केशव भण्डारी ,सुवर्नराज भण्डारी , ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीलगायतका सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।ध्यानाकर्षणत्यसैविच जिल्लामा आफुहरुले राज्यको नियम पालना गरेपनि निजि सवारी साधन र साना गाडीहरुले भने नियम उल्घन भएको भन्दै प्रालिले ध्यानकर्षण भएको जनाएको छ । जिल्ला भित्रमात्र गाडी सञ्चालन हुने भनेपनि नेपालगञ्ज, पोखरालगायतका स्थानबाट यातायातका साधनहरु जिल्लामा भित्रिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरिएको छ । त्यस्तै निजि सवारी साधनले पुरा सिटमा मानिस ओसार पसार गरेको स्वास्थ्य सुरक्षा कुनैपनि न अपनाएको बताएको छ । ‘हामीहरुले नियम पालना गरेका छौं तर निजि सवारी सधान र वाहिर बाट सार्वजनिक यातायातका साधन पनि निर्वात रुपमा जिल्लामा भित्रीएको छन् संयोजक बस्नेतले भने । उनले तत्काल सम्वन्धीत निकायले यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!