११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

नेपाल प्रहरीका DIG शाही र कार्की AIG मा बढुवा सिफारिस

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

एबिसी क्राईमबिट
काठमाडौं सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
गत असार ३१ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका डीआईजीद्वय निरजबहादुर शाही र प्रध्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको थियो । सोमबारको मन्त्रीपरिषद बैठकले सोही सिफारिसलाई सदर गर्दै नवनियुक्त दुबै एआईजीको पदस्थापन समेत गरेको छ ।
तत्कालीन एआईजी तारिणीप्रसाद लम्सालले अवकाश पाएपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगन्जको रिक्त कार्यकारी निर्देशकमा एआईजी प्रध्युम्नकुमार कार्कीको पदस्थापन भएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन बिभागको प्रमुखमा एआईजी निरजबहादुर शाहीको पदस्थापन भएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ । एआईजी शाही र कार्की नेपाल प्रहरीमा व्यावसायिक र इमानदार अधिकृतको रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

error: Content is protected !!