०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लमही ट्राफिकले ४६ लाख बढि राजस्व संकलन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

सागर थापा दाङको लमही अस्थाई ट्राफिक प्रहरी पोष्टले वितेको आर्थिक वर्षमा थोरै राजस्व संकलन गरेको जनाएको छ । लकडाउनका कारण वितेको अार्थिक वर्षमा कम राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६३ लाख १८ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरीले वितेको आर्थिक वर्ष ०७६/०७७ मा ४६ लाख ७२ हजार रुपैया राजस्व संकलन भएको लमही ट्राफिकका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बाबुराम जिसीले जानकारी दिए । अमिलिया रिहार नर्ति र गढवामा कार्यरत प्रहरी टोलिद्वारा उक्त राजश्व संकलन भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले बताए । ट्राफिक प्रहरीले कार्यक्षेत्रभित्र विभिन्न स्थानहरूमा छड्के सवारीसाधन चेकजाँच गर्दा ट्राफिक नियम उलंघन गर्ने यातायातका सवारी साधनहरूलाई कारवाही गर्दा जरिवाना स्वरूप उक्त रकम संकलन भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!