०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

सशस्त्र प्रहरी बाँकेले मोबाइल र सुर्तीजन्य सहित लाखौं मुल्यको पक्राउ

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीको जयसपुर बिओपीले भारतबाट भित्रीरहेको लाखौ मूल्य बराबरको अवैध सामाग्री पक्राउ गरेको छ।
गएराती १२ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ बाट जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको नेतृत्वमा गएको टोलीले वैद्युतीय सामाग्रीमा १० थान मोबाइल सेट, ३२ थान मोबाईलको चार्जर,७ थान सानो वुफर, घडी १ थान, डाटा केबल ठुलो ७ थान र डाटा केबल सानो ९ थान बरामद गरेको हो। यस्तै टोलीले सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती २९५ पोका र बिडी १९० बन्डल बरामद गरेको हो।
बरामद गरिएका सबै अवैध सामग्रीको मूल्य १ लाख १३० रुपैयाँ रहेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।
बरामद गरिएका वैद्युतीय सामाग्री लगायत सुर्तीजन्य सामाग्रीलाई आजै भन्सार कार्यालय नेपालगन्ज बुझाइएको बाँके सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!