०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउदै वडा नं १८

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

कपिल लामिछाने
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउने अभियान सुरुवात गरेको छ ।
बिभिन्न जनमूलक कामहरु गर्दै आईरहेको वडा नं १८ ले फेरी यो एउटा नयाँ कामको सुरुवात गरेको हो । गाउँघरमा जाँड,रक्सी खाएर भईरहेका बिभिन्न घटनाहरुको मूल्याङकन गर्दै वडा नं १८ ले यो अभियान संचालन गरेको वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।
२८ वटा टोल बिकास संस्थाहरुलाई परिपत्र गर्दै खुल्ला रुपमा अबैध कार्य गर्ने जो–सुकैलाई पनि कारवाही गर्दै नमुना वडा बनाउन लागी दिनरात नभनी काम गरिरहेकोे अध्यक्ष वलीले बताउनु भयो । सबैभन्दा पहिले कोलकाटे टोल बिकास संस्थाले खुल्ला मदिरा बिक्री बितरण गर्न नपाईने भन्दै आफ्नो टोललाई खुल्ला मदिरा मुक्त टोल घोषणा गरिसकेको छ भने बाँकी टोलहरु पनि यो अभियानलाई सफल बनाउन लागी परेको वडा सदस्य शितल प्रसाद बुढा मगरले जानकारी दिनुभएको छ ।
कोलकाटे टोल बिकास संस्थाका अध्यक्ष बिर बहादुर नेपाली(गोबिन्द) को अध्यक्षतामा भएको उक्त खुल्ला मदिरा टोल मुक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले यो अभियानलाई सफल बनाउन सबैले साथ दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा अझै यी र यस्तै किसिमका कार्यहरु गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । साथै उहाँले गाउँ–घरमा मदिराकै कारण बिभिन्न घटनाहरु भईरहेकाले मदिरा पसलको रुपमा दर्ता भएका पसलहरुलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खोल्नका लागी अनुरोध समेत गर्नुभयो । सोहि कार्यक्रममा बोल्दै वडा सदस्य शितल प्रसाद बुढा मगरले वडा नं १८ ले बिकास निर्माणका कामहरु मात्रै नभएर समाज सुधार्नका निमित्त यी र यस्तै धेरै कामहरु गरिरहेको कुरा उल्लेख गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!