०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

ब्राउनसुगर सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १६, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३, गौरीपुरुवामा लागु औषधको कारोबारको भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छोटु लोनियालाई चार वटा पुडिया बनाई राखेको चार ग्राम ब्राउनसुगरजस्तो धुलो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो र प्रहरीको टोलीले छोटुलाई समातेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले दुई वटा मोटरसाइकलमा ल्याइरहेको १४ पोका कुर्ता सुरुवात र १९ थान काँचो कपडा बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!