०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेको त्रिभुवन चोक शिल गर्ने प्रशासनको तयारी

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

महेन्द्र सिंह
जिल्ला प्रशासन कार्यालय बाँके
नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र वरपर ‘ट्राभल हिष्ट्री’ नभएका समुदायकै मानिसहरुमा कोरोना देखिएपछि नेपालगञ्ज तरंगित बनेको छ । सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय र अदालतमा समेत कोरोना संक्रमण देखिएपछि कोरोनाले समुदायमै डेरा जमाइसकेको निष्कर्ष निकाल्दै जिल्लाभर तीन दिने निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गरिएको हो ।
त्रिभुवन चोकका एक मिठाई पसलेमा देखिएको संक्रमणपछि उनको कन्ट्याक्टका १६ जनामा कोरोना पुष्टि भएपछि त्रिुभवन चोकलाई ‘नयाँ हटस्पट’ मानिएको छ ।त्रिभुवन चोकलाई कोरोनाको ‘इपिसेन्टर’ ठानेर हामीले थप रणनीति बनाउँदैछौं, त्रिभुवन चोकलाई शिल गरेर अघि बढ्ने योजना बनाउँदैछौं,” प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले भन्नुभयो ।
संक्रमित सम्पर्कका ४ सय २३ स्वाबको रिपोर्ट आउन बाँकि रहेकाले त्यसको परिणाम हेरेर निषेधाज्ञा बढाउने नबढाउने विषयमा थप रणनीति बनाइने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । उहाँले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । निषेधाज्ञामा अत्याबश्यक सेवा बाहेक सबै निषेध गरिएको कुरुम्बाङले बताउनुभयो ।
बाँकेमा हालसम्म ४ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ सय ८७ जना निको भएर घर फर्किएका छन् । दुई जनाको भने मृत्यु भएको छ । अहिले बाहिरी जिल्लाका ९ जना र बाँकेका ४८ जना गरी ५७ जना आइसोलेसनमा छन् । नरैनापुर, डुडुवा, जानकी र बैजनाथमा कोरोना संक्रमण शून्यमा झरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!