०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बिपत्तबाट जोगिन सल्यानमा पुर्व तयारी अभ्यास

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

मनाेज डाँगी
सल्यानमा सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवकहरु घाइतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये । झट्ट हेर्दा शारदा नगरपालिका सिमखर्कमा ठुलै विपद आइपरेजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै विपद नभई नेपाली सेना, नेपाल प्रहरीको आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो ।
पहिरोकोे कृत्रिम घटना बनाएर खोज तथा उद्दार, प्राथमिक उपचार, र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको नेपाली सेनाले जनाएको छ । विपद्का घटना जहाँपनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यास गराइएको सवुज गण सिमखर्क व्यारेकका गणपति घनश्याम भट्टराईले बताए । उनले भने ‘पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी हुने गर्दछ । पहिरो आइहाले कसरी मानविय तथा भौतिक सम्पत्तिको क्षति हुनबाट बचाउन सकिन्छ भनेर अभ्यास गराएका हौं ।’
बाढी पहिरो आइहालेमा त्यसको खोज तथा उद्दार कसरी गर्ने भनेर अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शिवराम पोखरेलले बताए ।
विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी हुने सेनानी राजेश कार्कीको भनाई छ ।विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी हुने पोखरेलको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!