२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपालगञ्ज उपमहानगरपालिका सील

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

महेन्द्र सिंह बाँके उपमहानगरपालिका कार्यालयका चार जना, वडा कार्यालयमा खटिएका तीन जना र एकजना वडाध्यक्षमा कोरोना देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सील गरिएको हो । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई सील गरिएको जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकामा सेवाग्राहीको भीड हुने गर्दछ । उपमहानगरपालिकाले सेवा लिन आउनेको सेनिटाइजदेखि ज्वरो नाप्ने व्यवस्था मिलाएको थियो । कार्यालयका कर्मचारीमै कोरोना देखिएपछि कार्यालय सील गरिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।