०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले विभिन्न सरकारी कार्यालयहरुमा बम विष्फोट गर्ने पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन २०, २०७७

महेन्द्र सिंह बाँके विगतमा मालपोत भूमि सुधारलगायत ठाउँमा बम विष्फोट गराएका र अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढ पक्राउ परेका छन् ।
उनी सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) मा रहदा हत्या, अपहरण, बम विष्फोट तथा फिरौतीका घटनामा संलग्न रहेको उजुरी रहेका छन् ।
केही घटनामा उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ चैत्र ६ गते साविक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको घटनामा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । २०६८ मंसीर १४ गते भूमि सुधार कार्यालय, बाँकेमा बम विष्फोट गराएको आरोपमा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको थियो । यही दिन मालपोत कार्यालय, बाँकेमा बम विष्फोट गराएको घटनामा जिल्ला अदालतले ६ महिना र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
फरार रहेका राढलाई बाँके प्रहरीले अहिले पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत राढ पक्राउ परेका छन् । यस्तै प्रहरीले २०७४ कात्तिक १६ गते जोगीडाँडामा करणी प्रयास गरेको मुद्दामा फरार गोविन्द श्रीपालीलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

error: Content is protected !!