०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले २ नाल भरुवा बन्दुक सहित दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

महेन्द्र सिंह बाँकेको राप्तीसोनारीबाट दुई जनालाई पक्राउ गरेको छ मंगलबार राती १:४० बजे राप्तीसोनारी गाँउपालिका ४ खरघट्टीमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक सहित दुई जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईया बाँकेबाट खटिएको प्रहरी टोलिले ५० वर्षिय राम बली चौधरी र ६१ वर्षिय बिष्णु प्रसाद चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुको घरमा खानतलासी गर्ने क्रममा २ नाल भरुवा बन्दुक फेला पारेको खड्काले बताए ।
लागू औषध मुद्दामा फरार प्रतिवादी पक्राउ
यसैबिच बाँके प्रहरीले लागु औषध मुद्दामा अदालत ८ महिना १३ दिन कै सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ का ४५ वर्षिय राम गोपाल गडरियालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत बाँकेले दोषि ठहर गरी कैद सजाय सुनाएको थियो । त्यसैगरी लेनदेन मुद्धाका फरार प्रतिवादीलाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा जिल्ला अदालत बाँकेबाट ३ महिना कैद तोकिए लगतै फरार भएका बाँकेकोे नेपालगन्ज उपमहानगरपालिका १४ बस्ने हग्गु भन्ने मो. सलिम जसगढलाई पक्राउ गरी जिल्ला अदालत बुझार्ईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए । उनलाई अदालतले ३ महिना कैद सजाय सुनाएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!