०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

बाँके प्रहरीले २ नाल भरुवा बन्दुक सहित दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

महेन्द्र सिंह बाँकेको राप्तीसोनारीबाट दुई जनालाई पक्राउ गरेको छ मंगलबार राती १:४० बजे राप्तीसोनारी गाँउपालिका ४ खरघट्टीमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक सहित दुई जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईया बाँकेबाट खटिएको प्रहरी टोलिले ५० वर्षिय राम बली चौधरी र ६१ वर्षिय बिष्णु प्रसाद चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुको घरमा खानतलासी गर्ने क्रममा २ नाल भरुवा बन्दुक फेला पारेको खड्काले बताए ।
लागू औषध मुद्दामा फरार प्रतिवादी पक्राउ
यसैबिच बाँके प्रहरीले लागु औषध मुद्दामा अदालत ८ महिना १३ दिन कै सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ का ४५ वर्षिय राम गोपाल गडरियालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत बाँकेले दोषि ठहर गरी कैद सजाय सुनाएको थियो । त्यसैगरी लेनदेन मुद्धाका फरार प्रतिवादीलाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा जिल्ला अदालत बाँकेबाट ३ महिना कैद तोकिए लगतै फरार भएका बाँकेकोे नेपालगन्ज उपमहानगरपालिका १४ बस्ने हग्गु भन्ने मो. सलिम जसगढलाई पक्राउ गरी जिल्ला अदालत बुझार्ईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए । उनलाई अदालतले ३ महिना कैद सजाय सुनाएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

error: Content is protected !!