०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

यो बर्षकै उच्च गर्मी तीन दिनसम्म झरी नपर्ने : मौसम बिभाग

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

एबिसी संचार
काठमाडौँ आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तीन दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
लगातार झरी नै पर्ने सम्भावना देखिँदैन तर प्रदेश नं १, २ र बाग्मती प्रदेश र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले गोरखापत्र अनलाइनलाई बताउनुभयो । अझै नेपालमा दुई महिना मनसुन सक्रिय रहने श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मौसम सक्रिय रहने भएकाले सावधानी अपाउनु सबैमा अनुरोध गर्नुभयो ।
देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षासमेत हुनसक्ने देखिएकोले उक्त स्थानहरूमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ उहाँले भन्नुभयो ।
ती क्षेत्रमा पर्ने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
गर्मी बढ्यो
वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । त्यसैगरी सबैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दिपायलमा ३७ डिग्रीमाथि तापक्रम पुगेको छ ।
प्रचण्ड गर्मीका कारण समग्र तराई क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । तराईका जिल्लाहरूमा समेत वर्षा कमी भएपछि गर्मी ह्वात्तै बढेको हो । तराईका जिल्लाहरूमा ३३ देखि ३८ डिग्री सेल्सियस पुगेको छ ।
प्रचण्ड गर्मीका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. पप्पुकुमार जैसवालले सबैमा आग्रह गर्नुभएको छ । गर्मीबाट हुन सक्ने विभिन्न किसिमका रोगहरूबाट जोगिने झोलिलो खानेकुरा खान डा. जैसवालले सबैमा अनुरोध गर्नुुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । हिमपात मुख्यतया मुगुको माथिल्लो भेगमा भएको छ, भने तल्लो भू-भागमा हल्का वर्षा भएको छ। कर्णाली प्रदेशका मुगु, डोल्पा, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा हिमपात र वर्षा भएको हो । हिमपातले जमिनमा चिस्यान बढाउने भएकाले आगामी बालीका लागि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हिमपातले किसानलाई राहत दिएको छ, किनभने हिमपातले जौ, गहुँबाली, फलफूल […]

काठमाडौं । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो। विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा […]

काठमाडौं । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]

error: Content is protected !!