०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा काेराेना पुष्टि

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

एबिसी संचार
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे खबर पुष्टि गर्नुभएकाे छ । प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो ।
अध्यक्ष प्रचण्डसँग हिँडडुल गर्ने सुरक्षाकर्मीमा भने नदेखिएको उहाँले बताउनुभयो । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!