२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सरकारी २५ लाख आफ्न्तको खातामा हाल्ने लेखापाल सहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

मनाेज डाँगी रुकुम प्रहरीले लेखापालका भाई
श्रीमती र भतिजोको खातामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल र उनलाई सहयोग गर्ने अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गाउँ पालिका कार्यालयमा बिहिवार रातिको समयमा प्रमाणहरु नष्ट गर्न कागजात मिलाइरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हाे ।
जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी , उनका भाई बिकास केसी ,भतिज भिमशेन केसी र सोहि पालिकामा करारमा सह -लेखापाल समेत रहेका, सुवास केसी लगायत ४ जना रातिको समयमा गाउँपालिकाे कार्यालयमा आइ प्रमाण नष्ट गर्ने क्रममा पक्राउ परेका हुन ।
लेखापाल केसीले श्रीमती र भतिजोको नाममा अनधिकृत रुपमा झण्डै २५ लाख रकम जम्मा गरेपछि जिल्ला प्रशासन कार्यालय रुकुममा मुद्दा चलेको छ । लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका लेखापाल सहयोगीको रुपमा करारमा रहेका भतिज सुवास केसीको खातामा जम्मा गरेको रकम मध्ये करिब २४ लाख ९२ हजार गाउँपालिका खातामा विभिन्न चरणमा फिर्ता गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]