०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

अजय मिश्र, कपिलवस्तु, साउन २३
कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना  सम्म सार्वजनिक यातायात का सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नंबर का आधारमा चलाउन भनेर सुचना जारी गरेको छ ।
उक्त सूचना जारी गरे लग्ततै आजै देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले उक्त नियम उलंघन गर्ने सवारी साधन लाई नियन्त्रणमा लिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले बताएको छ।
(COVID-19) कोरोना भाइरस रोकथाम नियन्त्रणका लागी जारी गरिएको लकडाउनमा लापरवाहीका साथ सार्वजनिक सवारी साधन चलाएका तथा निजी सवारी साधन (आटो, बस, कार) लगायत अन्य जिल्ला भित्र एक ठांउबाट अर्को ठांउमा जादा जोर बिजोर नंबर को पाल्ना न गरेको र लकडाउन लाई पूर्ण रूपमा पाल्ना गराउन सवारी साधन नियन्त्रणमा लिई कार्वाही गर्ने साथै सार्वजनिक सवारी साधनमा यात्री हरू बोकि हिडेको र यात्रु लाई गन्तव्यमा पठाइएको र ति सवारी साधन लाई कानून अनुसार कार्वाही गरि पठाइने जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वॉर ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!