११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

बाँकेमा पुनः निषेधाज्ञा मंगलबार सम्म

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

महेन्द्र सिंह बाँके कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो ।जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को गत मङ्गलबार बसेको बैठकले भोली शनिबार सम्मका लागि निषेधाज्ञा जारी राखेको थियो । बाँकेमा जारी निषेधाज्ञा सकिन एक दिन बाँकी रहदाँ पुनः तीनदिनका लागि निषेधेज्ञा बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । प्रजिअ कुरुम्वाङले जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि उच्च सतर्कता अपनाउदै थप तीन दिनका लागि निषेधाज्ञा अवधि बढाइएको बताए । उनले आफ्नो फेसबुक वालमा एक स्टाटस सेयर गर्दै बाँकेमा निषेधाज्ञा बढाइएको जानकारी दिए । यसअघि भोली शनिबारसम्मका लागि थप गरिएको निषेधाज्ञालाई पुनः जारी राख्दै आगामी मङ्गलबार राती १२ बजे सम्मको समावधि थप गरिएको बाँके प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए । पछिल्लो समय बाँकेमा समुदाय स्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको साउन २५ गते ३ दिनका लागि र साउन २० गते बसेको बैठकले साउन २४ गते शनिबारसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । यसबिच बाँकेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, सरकारी कर्मचारी लगायतमा कोरोना भाइरस संक्रमण देखिसकेकोछ छ भने बाँकेका ७ सरकारी कार्यालय सिल गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगन्ज आन्तरिक राजश्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगन्ज, कारागार र ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएकोछ । जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने की थप गर्ने भन्ने विषयमा छलफल हुदाँ थप केही दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!