११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

बाँकेको ४९ सहित कोहलपुरका १५ जना संक्रमित

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

महेन्द्र सिंह बाँकेमा शुक्रबार ठुलो सँख्यामा कोरोना संक्रमित भेटिएका छन । नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पछील्लो २४ घण्टामा आरटिपिसिआर बिधिद्धारा गरिएको परिक्षणमा बाँकेका ४९ जनामा कोरोना पोजेटिभ भएको पाइएको छ ।
नेपालगन्ज उपमहानगरको चार किल्ला सिल
भेरी अस्पतालका अनुसार पछील्लो २४ घण्टामा ३१२ जनाको परिक्षण गरिएकोमा ५१ जना ब्यक्तीको कोरोना पोजेटिभ भएको पाइएको छ । बाँकेको नेपालगञ्ज क्षेत्रका मात्र ४९ जना कोरोना संक्रमित रहेका छन भने बर्दिया र रुकुमबाट आएको नमुनाहरुमा १र१ जना कोरोना संक्रमण भएको पाइएको छ ।
बाँकेका ४९ सहित ५१ मा कोरोना संक्रमण
नयाँ संक्रमितहरुमा जानकी ५ र खजुरा ४ का १/१ जना, कोहलपुरका १५ जना र नेपालगन्जका ३३ जना रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर वडा नं. १ का ८ जना, २ का २ जना, ४ का २ जना, ५ का १ जना र ११ का २ जना रहेका छन । कोहलपुरका संक्रमितहरुमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन । त्यसैगरी नेपालगन्जका १४ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । सहित
बाँकेका ४९ सहित ५१ मा कोरोना संक्रमण
भेरी अस्पतालमा हालसम्म १३ हजार ६ सय ८ जनाको आरटिपिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बाँकेमा ५ सय ४७ जना पोजेटिभ भएकोमा ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!