२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा स.प्र.ना.उ. सुशिल कुमार शाही लाई सम्मानपूर्वक विदाई

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

कृष्णनगर ,कपिलवस्तु, साउन २४
सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा सम्मानपूर्वक विदाई गरियो।
साथै साथ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका स.प्र.ना.नि. सुरेश न्यौपाने पदमा कार्यरत रही कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै मायाको चिनो उहाँलाई पनि दिएर सम्मान गरिएको थियो र कृष्णानगर विधुत प्राधिकरण को हाकिम महमूद अहमद शेख र कृष्णनगर इलाका प्रहरी निरीक्षक प्रताप पौडेल र नेपाली कांग्रेस को संसदीय ३ कपिलवस्तु को क्षेत्रिय अध्यक्ष अकिल मिया र अर्बन बैंकका बैंक मैनेजर इकरार खान लाई दोसल्लाह ओढ़ाई कार्यक्रममा सम्मान गरिएको थियो।इण्डो-नेपाल सामाजिक मञ्च
संस्थाका अध्यक्ष अकरम पठानले उपस्थित भएका सबै अतिथि महानुभावहरुलाई स्वागत गरेका थिए र स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही कोरोना कालको समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर हामीहरु गर्दछौं हामीहरु तपाई को राम्रो कार्यलाई कहिले भूलने वाला छैनौ भन्नु भएका थिए र विदाई क्रममा उहाँको उत्तरोत्तर प्रगतिको कामना गरे।
उक्त कार्यक्रमको अध्यक्षता जामिया इस्लामिया नईमिया विद्यालयका अध्यक्ष हाजी अब्दुल कलाम खान, रहनु भएका थिए।यस कार्यक्रम का संचालक एशियन पब्लिक स्कूलका प्रधानाचार्य र वरिष्ठ पत्रकार सगीर खाकसार ले गर्नु भएको थिए।यस कार्यक्रम कृष्णनगरका भद्रभलादमी
, प्रहरी जवानहरु,पत्रकार,समाजसेवीहरु लगायत अन्य महानुभावहरु उपस्थित भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

error: Content is protected !!