०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

रेडक्रस बिजौरी उपशाखाको आयोजनामा बिजौरी बजारमा माक्र्स वितरण

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

सागर रोका दाङ बिजोरी उद्योग बाणिज्य संघको आयोजनामा शनिबार बिजोरी बजारमा माक्र्स वितरण गरिएको छ । बिजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगि, निवर्तमान अध्यक्ष मुक्त बहादुर वली(मुकेश) प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज सैइ इन्द्रबहादुर पाल, सृजना बालवाटिका ईग्लिस बोर्डिङ स्कुल बिजौरीका प्राचार्य अशोक कुमार पोख्रेल र पत्रकार महासंघका सदस्य राकेश बस्नेत, र गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल लगायत स्थानीय अग्रज व्यवसायीहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा बाटोमा हिड्ने पैदल यात्रुदेखि व्यवसायी तथा ज्याला मज्दुरी गर्नेहरूलाई समेत माक्र्स झन्डै ७ सय जति माक्र्स वितरण गरिएको बिजौरी रेडक्रसका केशवराज शर्माले जानकारी दिनु भएको हो ।
उद्योगि व्यवसायीहरुको घर तथा पसलमै पुगेर सो टोलीले माक्र्स वितरण संगै कोभिड-१९ को विश्वव्यापी महामारीबाट बच्न नियमित रूपमा सेनिटाइजरको प्रयोग गर्ने विषयमा पनि सचेतना गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!