१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

जिल्ला समन्वय समिति बाँकेका उपसचिवलाई कोरोना पुष्टि

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

महेन्द्र सिंह बाँके जिल्ला समन्वय समिति बाँकेमा कार्यरत उपसचिवलाई कोरोना लागेको हो । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, आन्तरिक राजश्व कार्यालयका गरी आधा दर्जनबढी अधिकृतलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ । शनिबार कोरोना पुष्टि भएका नेपालगञ्जका १६ जनामा ११ जना क्वारेन्टाइनमा बसेका र पाँच जना शंका लागेर कोरोना जाँच गर्न आएका हुन् । चार जना कोहलपुरका छन् । बाँकेमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिरहेका छन् । शुक्रबार ४९ र बिहीबार २८ जना थपिएका थिए । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोक खण्डको पूर्वी क्षेत्रलाई सील गरेको छ भने गतशनिबारदेखि लागेको निषेधाज्ञा जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!