०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जिल्ला समन्वय समिति बाँकेका उपसचिवलाई कोरोना पुष्टि

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

महेन्द्र सिंह बाँके जिल्ला समन्वय समिति बाँकेमा कार्यरत उपसचिवलाई कोरोना लागेको हो । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, आन्तरिक राजश्व कार्यालयका गरी आधा दर्जनबढी अधिकृतलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ । शनिबार कोरोना पुष्टि भएका नेपालगञ्जका १६ जनामा ११ जना क्वारेन्टाइनमा बसेका र पाँच जना शंका लागेर कोरोना जाँच गर्न आएका हुन् । चार जना कोहलपुरका छन् । बाँकेमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिरहेका छन् । शुक्रबार ४९ र बिहीबार २८ जना थपिएका थिए । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोक खण्डको पूर्वी क्षेत्रलाई सील गरेको छ भने गतशनिबारदेखि लागेको निषेधाज्ञा जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!