१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

सल्यान प्रहरीले माक्स नलगाउने धमाधम जरिवाना कार्वाही गर्दै

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

मनाेज डाँगी सल्यान काेराेना भाइरस महामारी बाट वचन सरकारले नागरिकहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेपनि उक्त आग्रहलाई अटेर गर्दा प्रहरीले जरिवाना गर्दै आएको छ ।सल्यानमा मास्क नलगाई जथाभावी हिड्ने बाट प्रहरीले अहिलेसम्म जरिवाना स्वरुप एक लाख ४७ हजार ९ सय रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ ।
मास्क नलगाएर स्थानीयहरु जथाभावी हिड्न थालेकोले प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर उक्त रकम असुलेको हो । हाल सम्म प्रहरीले १ हजार ४सय ७९ जनालाई कारबाही गरेको छ । काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई न्युनिकरण गर्न सरकारले मास्क अनिवार्य गरेका हुदा सल्यानले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । याे क्रम नियमित जारि रहने प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।साथै सल्यान जिल्लामा मास्क नलगाई हिडेका मजदुर तथा अति गरिब बिपन्नलाइ निशुल्क मास्क दिदै उनिहरुलाइ काेराेना सम्बन्धि जानकारी समेत दिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

error: Content is protected !!