०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके जिल्लामा शिल एरियामा नेपाली सेनाको निगरानी

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्जको शिल गरिएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।
निषेधाज्ञा जारी गरिएपनि मानिसहरुको हिँड्डुल पूर्ण नियन्त्रण हुन नसकेपछि गएराति १२ बजेदेखि बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर सेनाको उपस्थितिमा निगरानी बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि बढाइएको छ । नेपालगन्ज बजार क्षेत्रमा आज विहानैदेखि निकै कडाई गरिएको छ । अनावश्यक हिँड्डुललाई पूरै नियन्त्रण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेपछि नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेत रोड पूर्वको क्षेत्र शिल गरिएको हो । सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्णरुपमा शिल गरिएको हो ।
शिल गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । साथै हिंड्डुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यसका साथै प्रशासन कार्यालयले गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि समेत बढाएको छ । आगामी मंगलबारसम्म निषेधाज्ञा लम्ब्याइएको छ । गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि हिजो समाप्त हुँदै थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!