०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सदस्यलाई नविकरणमा सहुलियत दिन प्रेस युनियन अध्यक्ष वलीको महासंघ केन्द्रलाई अपिल

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

महेन्द्र सिंह
बाँके देश यतिबेला कोरोना माहामारीले आक्रान्त बनिरहेको छ ।
यतिबेला सबै क्षेत्र धरासायी बनिरहेको छ । अधिकाम्स जिल्लामा शिल, निषेधआज्ञा छ । दिनहुुँ संक्रमितको संख्या बढीरहेको छ । सबै कार्यालयका सेवा बन्द गरिएका छन । कोरोना समुदाय स्तरमै फैलिसकेको छ । ठाँउ-ठाँउमा सेना परिचालन भएका छन ।
कोरोना महामारीको जोखिम पनि उत्तिकै छ । पत्रकारलाई सेना, प्रहरीले हिड्न छुट दिएपनि कोरोना भाईरसले पक्कैपनि दिदैन होला ? यस्तो अवस्थामा एउटा पत्रकार कसरी नविकरण गराउन र नया सदस्यताको फाइल बुझाउन महासंघको कार्यालयमा जान सक्छ ?? कोरोना भाइरसले पत्रकारलाई चिन्दैन । यो जटिल अवस्थामा पत्रकारले आफ्नो सदस्यता नविकरण र नयाँ सदस्यताको फाराम कसरी बुझाउन सक्लान ?? यस विषयमा केही दिनअघि समग्र पत्रकारको समस्यालाई समेटेर पत्रकार महासंघ बाके शाखालाई मेरो नेतृत्वमा एउटा ध्यानाकर्षण पत्र बुझाएका पनि थियौ । यो विषम परिस्थितिमा महासंघ केन्द्रिय समितीले सदस्यता नविकरण र नयाँ सदस्यता फाराम बुझाउने म्याद बढाउनुको अर्को बिकल्प छैन ।
अर्को कुरा महासंघले नवीकरण शुल्क वापत वर्षको १०००/- रुपैयाको दरले शुल्क बुझाउन भनेको छ । यसअघि ५००/- का दरले शुल्क बुझाउदै आएका पत्रकार साथीहरु यसवर्ष नवीकरण शुल्क बढाएर १०००/- पुर्याउदा निराश बनेका छन । जिल्लामा चलेका अधिकाम्स संचार माध्यम बन्द अवस्थामा छन, खुलेका सन्चार माध्यमले पनि पत्रकारलाई अहिले तलब दिन नसकेको र केहीले आधा तलब दिइरहेको अवस्था छ ।
यस्तो अवस्थामा पत्रकारले २ देखी ३ वर्षको नवीकरण शुल्क बुझाउनै नसक्ने जिल्लाका आम पत्रकार साथीहरुबाट गुनासो आएको छ ।
हरेक सस्था, निकायले कोरोना महामारीलाई मध्यनजर गरेर सहुलियत दिइरहेका बेला महासंघले पनि समस्यामा परेका आफ्ना सदस्यलाई नविकरणमा केही प्रतिशत भएपनि सहुलियत दिएको खण्डमा अहिले अप्ठ्यारो अवस्थामा परेका देशभरका पत्रकारहरुले यो महामारीको समयमा पक्कैपनि राहत महसुस गर्ने थिए, अध्यक्ष ज्यु
अर्जुन ओली अध्यक्ष नेपाल प्रेस युनियन बाके

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!