०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी सिंह राठौर

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

एबिसी संचार
काठमाडौं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर महानगरीय प्रहरी परिसर काठमाडौँको प्रवक्ता/सुचना अधिकारी तोकिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका युनिटले गरेको काम कारवाहीलाई तथ्यगत रुपमा सम्प्रेषण गर्नका लागि एसपी राठौरलाई प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी दिइएको हो ।
छ महिना अगाडी पर्सा प्रहरी प्रमुखको जिम्मेवारीबाट काठमाडौँ परिसरमा सरुवा भएका राठौर अपराध अनुसन्धान, कमाण्ड कन्ट्रोल र अप्रेशनमा अब्बल मानिन्छन् । एसपी राठौरसँग लामो समय काठमाडौँ उपत्यकामा बसेर ‘पुलिसिङ’ गरेको अनुभव छ ।
आक्रामक ‘पुलिसिङ’ गर्नुपर्छ भन्ने मान्यता राख्ने एसपी राठौर नेपाल प्रहरीमा इमानदार र व्यावसायिक अधिकृतको रुपमा परिचित छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी राठौरलाई आगामी भदौको सरुवामा रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी दिने बिषयमा समेत छलफल भएको बुझिएको छ ।
यसअघि काठमाडौं प्रहरी प्रवक्ता रहेका डीएसपी राजकुमार केसीलाई हटाएर एसपी राठौरलाई जिम्मेवारी दिइएको बताइएको छ ।
एसपी राठौरलाई मोबाइल नम्बर ९८५१११५०७७ मा सम्पर्क गर्न सकिने पनि महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!