०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

सरकारले मुलुकभर क्वारेन्टाइन र आइसोलेसन थप गर्दै

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

एबिसी संचार काठमाडौं सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आईतबार बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको सचिव गुरागाईले जानकारी दिए ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गर्नुभयो ।यस्तै आगामी भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने आज कुनै निर्णय नभएको उनले जानकारी दिए ।
बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!