२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रत्यक्ष रूपमा खटिएका लाई कृष्णनगर नगरपालिका द्वारा सम्मान

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

अजय मिश्र, कृष्णनगर, साउन २६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ले आज अभिनन्दन कार्यक्रम नगर प्रमुख शाहको अध्यक्षता मा नगरपालिका को हाल मा सम्पन्न गरेको छ ।
विश्वव्यापी महामारी (COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र, मयाको चिनो प्रदान गरेको छ ।
(COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी जोकि कोरोना संक्रमित लाई आइसोलेशन सम्म पुर्याउने, भारत बाट आएका नेपाली का लागी सक्दो सहयोग गरेका, क्वारेनटाईन व्यवस्थापन लगायत दिन रात खटी जनता मा जनचेतना फैलाउदै नेपाली जनताको सेवामा समर्पित ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख, प्रहरी निरिक्षक प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने र नेपाली सेना का प्रतिनिधित्व गर्ने एक जना लाई
नगरपालिका ले उच्च मूल्यांकन गर्दै चेक मार्फत नगद पुरस्कार समेत प्रदान गरेको छ ।
कार्यक्रम मा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले (COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण प्रति आभार प्रकट गर्दै अझै कोरोना भाइरस विरूद्ध लड्न सबैको साथ अपरिहार्य रहेको बताउदै विकास का काममा समेत सबैको सहयोग अपरिहार्य रहेको जिक्र गर्दै, काेभिड १९ अर्थात काेराेना राेगकाे महामारीले पूरा विश्व मा फैलिएको छ। नेपाल जस्ताे विकासोन्मुख देश सिमित स्राेतसाधनका बवजूद हदसम्म संक्रमण नियन्त्रण गर्ने प्रयास जारि राखेकाे अवस्था हामीमा अवगतै छ। खासगरि भारतिय सिमासंग सटेकाे कृष्णनगर नगरपालिकामा शुरुआती लकडाउनका समय खुला बार्डर हुदै नेपालीहरु भित्रिने क्रम बढी थियाे । दैनिक हजारौ सम्म भित्रिदै गरेकाे भिडलाई सेल्टर दिने देखि लिएर खाना व्यावस्थापन गराउने साथै नगरभित्रकाे क्वारेन्टाइन र आइसाेलेसन व्यवस्थापन समेत गराउनमा हाम्रा कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी , सशस्त्र र जनपद प्रहरी लगायत नेपाली सेना एवं संघसंस्थाहरु लगायत पत्रकार बन्धुहरु प्रत्यक्षरुपमा खटिनुभएकाे थियाे ।बढी चापका कारण संक्रमणकाे उच्च जाेखिममा रहेकाे हाम्राे पालिका जिल्लामै उत्कृष्ट क्वारेन्टान र अनइसाेलेसन व्यवस्थापन गरेकाे थियाे केही कमी कमजोरीहरु पनि थिए तर संक्रमणकालिन अवस्थामा जनता हताेेेत्साहित नहाेउन भनी हामी आफै खटेर संक्रमण नियन्त्रण गर्न लागिपरेका छाैं । आजकाे यश कार्यक्रममा हामी नगरपालिकाकाे तर्फबाट केही समाजिक अभियन्ता तथा काेराेना संक्रमणका बेलापनि आफ्नाे जिउज्यानकाे बाजि लगाएर सर्वसाधारणका लागि खटिनुभएका व्यक्तित्वज्युहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो।
उक्त कार्यक्रम मा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डांगी, नगर उप प्रमुख सल्लाहकार तोफेल अहमद खां, मदरसा बोर्ड प्रदेश नं ५ उपाध्यक्ष मौलाना मसहुद खां नेपाली लगायत सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी ,पत्रकार समाजसेवी लगायत को उपस्थित रहेको थियो ।
कार्यक्रम संचालन भने ईश्वरी प्रसाद पौडेल ले गर्नु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]