०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

बाँके प्रहरीले अबैध युरीया मल र पानको पात पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

महेन्द्र सिंह बाँकेमा अबैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा पानको पात र युरीया मल सहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँकेको डुडुवा गाँउपालिका २ बेतहनीस्थित प्रहरी चौकीमा खटीएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १२ बोरा युरीया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुबास खड्काले जानकारी दिए ।
बरामद गरीएको मल आवश्यक कारवाहीकालागि नेपालगन्ज भन्सार कार्यालय पठार्ईएको खड्काले बताए ।
त्यसैगरी डुडुवा गाँउपालिका ३ हलबलडोलि उचुवामा रहेको ईलाका प्रहरी कार्यालय बनकट्टीको टोलीले भन्सार छली अबैध रुपमा ल्याउदै गरेको पानको पात सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाँउपालिका ६ नयाँवस्तीका २६ वर्षिय शोभा कुर्मी रहेको प्रहरीले जनाएको छ ।
कुर्मीको साथबाट १० डोलि पानको पात, १ प्याकेट सुपर पावर सुर्ती र एउटा साईकल बरामद गरीएको जिप्रका बाँकेका प्रवक्ता खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]