०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बाँके प्रहरीले अबैध युरीया मल र पानको पात पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

महेन्द्र सिंह बाँकेमा अबैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा पानको पात र युरीया मल सहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँकेको डुडुवा गाँउपालिका २ बेतहनीस्थित प्रहरी चौकीमा खटीएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १२ बोरा युरीया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुबास खड्काले जानकारी दिए ।
बरामद गरीएको मल आवश्यक कारवाहीकालागि नेपालगन्ज भन्सार कार्यालय पठार्ईएको खड्काले बताए ।
त्यसैगरी डुडुवा गाँउपालिका ३ हलबलडोलि उचुवामा रहेको ईलाका प्रहरी कार्यालय बनकट्टीको टोलीले भन्सार छली अबैध रुपमा ल्याउदै गरेको पानको पात सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाँउपालिका ६ नयाँवस्तीका २६ वर्षिय शोभा कुर्मी रहेको प्रहरीले जनाएको छ ।
कुर्मीको साथबाट १० डोलि पानको पात, १ प्याकेट सुपर पावर सुर्ती र एउटा साईकल बरामद गरीएको जिप्रका बाँकेका प्रवक्ता खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!