२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

डि. एस. पी. सुशील शाही को कडा एक्शन, साढे़ चौबीस लाख अबैध भारतीय रकम बरामद

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

अजय मिश्र, कृष्णनगर, साउन २८
शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो ।
शसस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा.कपिलबस्तुबाट खटीएको टोलीले जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालि वडा नं.१ स्थित लक्ष्मी राईस मिल (सेमरा) को पछाडी चेकजाँच गर्ने क्रममा उक्त टोलीलाई देखि भारत बाट नेपाल तर्फ आउदै गरेको ब्यक्तिले झोला फाली भागे । तर शसस्त्रको टोलीले शंका लागी झोलामा हेर्न थाले पछि ति व्यक्ती रकमको झोला छोडेर भारत तर्फ फरार भएको र पश्चात स्थानीय, पत्रकार, स्थानिय प्रतिनिधिहरुको साक्षी तथा रोहबरमा झोला खोली हेर्दा भारतिय रुपैया रु.५०० को ४९०० थान (२४,५०,०००।- भा.रु.) (नेपाली रु.३९,२०,०००।-) र ४२ पत्ता सुगरको औषधी समेत फेला परेको हुँदा पैसा सम्बन्धित निकायमा बुझाउने र औषधी नष्ट गर्नको लागी गुल्ममा ल्याई राखिएको जानकारी
शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।
बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी (नेपाली रु ३९ लाख २० हजार) रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने जनाईएको छ । शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाही आए देखि नै विभिन्न समयमा कुखुराको चल्ला नष्ट, अवैध औषधी नष्ट , पटखा नष्ट
लगायत भन्सार छली गरि ल्याएको लाखौ लाख पर्ने समान भन्सार समेत बुझाएर राजस्व चुहावट नियन्त्रणमा विशेष योगदान दिई सिमा सुरक्षा मा सधै ततपरता देखाउदै आएका स्थानीय ले बाताउछन् । विभिन्न समयमा शाही को योगदान को कदर गर्दे विभिन्न संघ संस्था र नगरपालिका समेत ले सम्मान समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]