०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

आफ्नो होटलमा काम दिन्छु भन्दै १५ वर्षीया बालिकालाइ जंगलमा लगेर बलात्कार

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

एबिसी संचार
सल्यानमा जर्बरजस्ती करणी गरेको आ’रोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई प’क्राउ गरेको छ । आफ्नो होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई १५ वर्षीया बालिकालाइ बला’त्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हाेटल संचालक हिमराज बुढाथोकीलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएकी ती बालिकालाइ उनका बुबासंग श्रीनगरमा आफ्नै हाेटलमा काम लगाइ दिन्छु भनी घरबाटै लिएर आएको र होटलमा नलगी चल्ला फर्ममा जाम भन्दै भगवती खोलाको जंगलमा लगेर बला’त्कार गरेको पीडित बालिकाले बताएकी छन् ।
मासिक तीन हजार रुपैयाँमा होटलमा झाडुपुछा लाउने कामका लागी पीडितका बुवा संग स्वीकृति लिएपनि आफुले जान न मानेपछि जबरजस्ती घरबाट लगेको बालिकाको आ’रोप छ । यस अघि दीदीलाइ पनि मासिक १० हजार रुपैयाँ तलब दिन्छु भनी कामको प्रलोभन देखाएको तर दिदी जान नमाने पछि आफुलाइ काम लगाइ दिन्छु भन्ने बहानामा लगी बला’त्कार गरेको उनले बताइन् ।
होटेल संचालकलाई शनिबार दिउँसो शारदा नगरपालिका १२ रेशमज्युलाबाट प’क्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!