०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

तेज वली दाङ तुलसीपुर अमिलीया सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बिहिबार बिहान साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका १३, अम्राई खोला स्थित नेपालगञ्जबाट लास तुलसीपुर तर्फ ल्याउदै गरेको रा १ च ३४८ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भैइ पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडमर पालले बताए ।
पालका अनुसार एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका २ बस्ने वर्ष ३४ का मिथु कुमार चौधरी, गाडीमा सवार तुलसीपुर उपमहानगरपालिका १८ बस्ने वर्ष ४४ की पुष्पा पुनमगर र छोरी वर्ष २१ की रोजिना बोहरा (आमाको उपचारमा संलग्न) घाइते भएका छन् ।
घाइते चारै जनालाई उपचारका लागि बाँके पठाइएको प्रहरीले बताएको छ । साथै एम्बुलेन्स पल्टी १०० मिटर तल झरेको प्रहरीले बताएको छ । एम्बुलेन्समा चार जना सवार रहेकोमा तीन जनाको अवस्था सिरियस भएको र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!