३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

दाङमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

तेज वली दाङ तुलसीपुर अमिलीया सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बिहिबार बिहान साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका १३, अम्राई खोला स्थित नेपालगञ्जबाट लास तुलसीपुर तर्फ ल्याउदै गरेको रा १ च ३४८ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भैइ पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडमर पालले बताए ।
पालका अनुसार एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका २ बस्ने वर्ष ३४ का मिथु कुमार चौधरी, गाडीमा सवार तुलसीपुर उपमहानगरपालिका १८ बस्ने वर्ष ४४ की पुष्पा पुनमगर र छोरी वर्ष २१ की रोजिना बोहरा (आमाको उपचारमा संलग्न) घाइते भएका छन् ।
घाइते चारै जनालाई उपचारका लागि बाँके पठाइएको प्रहरीले बताएको छ । साथै एम्बुलेन्स पल्टी १०० मिटर तल झरेको प्रहरीले बताएको छ । एम्बुलेन्समा चार जना सवार रहेकोमा तीन जनाको अवस्था सिरियस भएको र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!