१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

बाँकेमा शुक्रबारदेखि निषेधाज्ञा हटेयो

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

महेन्द्र सिंह बाँके स्थानीय प्रशासनले शुक्रबार रातीसम्म भन्दै जारी गरेको निषेधाज्ञा पूरा भएसँगै निषेधाज्ञा हट्ने भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निषेधाज्ञा हट्ने जानकारी दिनुभयो । ‘अब निषेधाज्ञा थपिदैन, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, हेरौं, अति नै कोरोना संक्रमित बढे भने पछि निर्णय हुन सक्छ ।’
बाँकेमा साउन १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । यो बीचमा केही दिन त्रिभुवनचोक, बाँकेगाउँ, बसपार्क, फूल्टेक्रा एरियालाई तीन दिन सील गरिएको थियो । निषेधाज्ञा हटेपनि स्वास्थ्य सुरक्षामा सावधानी अपनाउन जरुरी देखिएको छ । मास्क लगाएर हिड्ने, बेलाबेलामा सेनिटाइजर प्रयोग गर्ने र भौतिक दुरी काम गर्नुपर्ने हुन्छ । स्थानीय प्रशासनले मास्क नलगाएर हिड्नेलाई कारबाही गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]