२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

बाँके प्रहरीले ब्राउन सुगरसहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले बिहिवार नेपालगन्जबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बिहिवार दिउँसो ३ बजेकाे समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२, शान्ति चोकबाट सोही ठेगाना भएका बर्ष ३२ का राकेश कुमार लोनिया र बर्ष २८ का छबिलाल लोनियालाई पक्राउ गरेको जनाएको छ ।
उनिहरुको साथबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडिया बनाई राखेको २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त ब्राउन सुगरसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रबक्ता डिएसपी सुवास खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]