०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पत्रकार बानियाँको मृत्युको छानविन हुनुपर्छ महासंघ उपाध्यक्ष पोख्रेल

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

सागर थापा दाङ नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार बलराम बानियाँको रहस्यमयी मृत्युको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन ।
रेडियो कार्यक्रम ‘शान्त तलाउको समिक्षात्मक कार्यक्रममा शुक्रवार दाङको तुलसीपुरमा बोल्दै केन्द्रीय उपाध्यक्ष पोख्रेलले उनको मृत्युलाई स्वभाविक मान्न सकिने कुनै पनि ठाउँ नभएको भन्दै मृत्युबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन राज्यसँग माग गरेका हुन् ।
‘निष्ठापूर्वक २५ बर्षभन्दा लामो समय पत्रकारिता गरेका व्यक्तिको यसरी रहस्यमय ढंगले मृत्यु हुनु नेपाली समाजका लागि चुनौती हो’घट्नाको चित्रण गर्दा खोलामा जुत्ता अट्किएर दुर्घटना भएको भनिएको सन्दर्भप्रति संकेत गर्दै पोख्रेलले भने–‘राजधानीमै यस्तो अवस्था छ भने दुरदराजका बासिन्दाहरु जोखिमपूर्ण अवस्थासँग जुध्दैछन् भन्ने कुराको अनुमान लगाउन सकिन्छ ?’
उपाध्यक्ष पोख्रेलले रहस्यमय ढंगले र अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यका सवै संमयन्त्रहरु गम्भीर हुनुपर्ने बताएका हुन । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँ कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत रहेका थिए ।
बानियाँको शव साउनको २८ मकवानपुरको सिस्नेरीस्थीत मान्डु जलविद्युत परियोजनाको क्षेत्रमा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!