दाङ । लमही अर्जुनखोलामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्।
वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पोस्ट लमहीका अनुसार बाटो क्रस गर्ने क्रममा पछाडिबाट आएको मोटरसाइकलले शुक्रबार बेलुका करिब साढे ४ बजे स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्कर दिने मोटरसाइकल र चालक नियन्त्रणमा रहेको लमही ट्राफिक इन्चार्ज तिर्थ भुसालले जानकारी दिनुभएको छ। घाइतेहरूको अवस्था र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।