१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

पहिरोले खानेपानीको ट्याङ्की र पाइप क्षति ५० घरधुरीमा खानेपानीको समस्या

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

मनाेज डागीं
श्रावन ३०, रुकुम पश्चिम
रुकुम पश्चिमको सानिभेरि गाउँपलिकाको बर्षायाममाकाे कारणले अत्याधिक क्षति गरेको छ । कतै पानीसहितको हावाहुरीले कोसा लागेको मकैबाली क्षति भएको छ भने कतै सडक अबरुद्ध बनाएको छ । त्यस्तै हिजो बिहिबार आएको अबिरल बर्षाले जिल्लाको सानीभेरी गाउँपालिकाको वडा नं.४ मा पहिरोले मुरेखोला थानापति खानेपानि मुहानको ट्याङ्की र पाइप समेत रुपमा क्षति गरेको हो ।
हिजो बिहिबार राति आएको अबिरल बर्षाले ट्याङ्की र पाइप पुर्णरुपले क्षति गरेको मुरेखोला थानापति खानेपानिका अध्यक्ष खडक बहादुर चन्दले जानकारी जानकारी दिएका छन । खानेपानीको ट्याङ्की र पाइप पुर्णरुपले क्षति गर्दा ५० घरधुरीमा खानेपानीको समस्या भएको छ ।
अबिरण बर्षाले खानेपानीको ट्याङ्की र पाइप सँगै सिम्लि, पेदी,देखि , चाख्लेमेला जाने कच्ची सडक खण्ड पुर्णरुपमा क्षति गरेको वडा अध्यक्ष नरसिङ बुढाले जानकारी दिएका छन ।
बर्षाले गरेको क्षतिको बिबरण मुचुल्का उठाएर गाउँपालिकामा पठाइएको चाइनाबगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बुढाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

error: Content is protected !!