०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

पहिरोले खानेपानीको ट्याङ्की र पाइप क्षति ५० घरधुरीमा खानेपानीको समस्या

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

मनाेज डागीं
श्रावन ३०, रुकुम पश्चिम
रुकुम पश्चिमको सानिभेरि गाउँपलिकाको बर्षायाममाकाे कारणले अत्याधिक क्षति गरेको छ । कतै पानीसहितको हावाहुरीले कोसा लागेको मकैबाली क्षति भएको छ भने कतै सडक अबरुद्ध बनाएको छ । त्यस्तै हिजो बिहिबार आएको अबिरल बर्षाले जिल्लाको सानीभेरी गाउँपालिकाको वडा नं.४ मा पहिरोले मुरेखोला थानापति खानेपानि मुहानको ट्याङ्की र पाइप समेत रुपमा क्षति गरेको हो ।
हिजो बिहिबार राति आएको अबिरल बर्षाले ट्याङ्की र पाइप पुर्णरुपले क्षति गरेको मुरेखोला थानापति खानेपानिका अध्यक्ष खडक बहादुर चन्दले जानकारी जानकारी दिएका छन । खानेपानीको ट्याङ्की र पाइप पुर्णरुपले क्षति गर्दा ५० घरधुरीमा खानेपानीको समस्या भएको छ ।
अबिरण बर्षाले खानेपानीको ट्याङ्की र पाइप सँगै सिम्लि, पेदी,देखि , चाख्लेमेला जाने कच्ची सडक खण्ड पुर्णरुपमा क्षति गरेको वडा अध्यक्ष नरसिङ बुढाले जानकारी दिएका छन ।
बर्षाले गरेको क्षतिको बिबरण मुचुल्का उठाएर गाउँपालिकामा पठाइएको चाइनाबगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बुढाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!