१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

शुक्रबार कतारको दोहाबाट २ सय ६३ जना नेपालीहरु स्वदेश फर्किए

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

एबिसी संचार
काठमाडौं विदेशबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । यसै गरि आज शुक्रबार)नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २ सय ६३ जना नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड १९ बाट समस्यामा परेका तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीले दूतावासमा नेपाल फर्कने फारम भरेर स्वदेश फर्किएका हुन् ।
साथै विभिन्न माध्यमबाट आफ्नो विवरण दर्ता गराउने क्रम दूतावासमा जारी छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार स्वदेश ल्याउने गरिएको कतार स्थित नेपाल दूतावासले जनाएको छ । आज नेपाल फर्किने नेपालीहरुलाई यात्रा सहजीकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

error: Content is protected !!