११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

शुक्रबार कतारको दोहाबाट २ सय ६३ जना नेपालीहरु स्वदेश फर्किए

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

एबिसी संचार
काठमाडौं विदेशबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । यसै गरि आज शुक्रबार)नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २ सय ६३ जना नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड १९ बाट समस्यामा परेका तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीले दूतावासमा नेपाल फर्कने फारम भरेर स्वदेश फर्किएका हुन् ।
साथै विभिन्न माध्यमबाट आफ्नो विवरण दर्ता गराउने क्रम दूतावासमा जारी छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार स्वदेश ल्याउने गरिएको कतार स्थित नेपाल दूतावासले जनाएको छ । आज नेपाल फर्किने नेपालीहरुलाई यात्रा सहजीकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज आक्रमणको जाहेरी परेको केही समयमै *बाँके प्रहरी*ले सक्रियता देखाएर आरोपीलाई पक्राउ गरेको छ। प्रहरीको तीव्र कारबाहीले घटनामा संलग्न व्यक्तिलाई तुरुन्त नियन्त्रणमा लिन सफल भएको हो। सांघातिक आक्रमणको कारण र पीडितको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बाँके प्रहरीले यस्ता हिंसात्मक घटनामा शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ।

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

error: Content is protected !!