२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कामदारहरुमा कोरोना सङ्क्रमण देखिए पछी सुनचाँदी पसल बन्द

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

एबिसी संचार काठमाडौं कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक दायाँ बायाँ क्षेत्रका सबै पसल बन्द गरिएको छ ।
काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार जयमाता दी गोल्ड प्यालेसमा कार्यरत तीन कामदारमा कोरोना देखिएपछि पसलहरू बन्द हुुनुका साथै उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले साउन ३० देखि भदौ ७ सम्म न्युुरोड जुद्ध सालिकदेखि इन्द्रचोक सम्मका सम्पूर्ण पसल बन्द गरिएको जानकारी दिनुभयो । त्यस्तै विशाल बजारका सुनचाँदी व्यापारीमा पनि कोरोना देखिएको छ । विशाल बजार सञ्चालक समिति र व्यापारी व्यवसायीसँग सल्लाह गरी विशाल बजारसमेत बन्द गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै महानगरीय प्रहरी वृत्त जनसेवाले पनि हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर, न्युुरोड, खिचापोखरी, सुन्धारा लगायतका क्षेत्रमा सञ्चालित रेस्टुराँ तथा पसलले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन सुरु गरेको छ । न्युुरोड क्षेत्रमा मास्क प्रयोग नगर्ने, सामाजिक दूरी कायम नराख्ने र भीड बनाई रेस्टुराँमा ग्राहक राखेको अभियोगमा बटुवादेखि ग्राहकसम्म र केही व्यवसाय सञ्चालकलाई
कारबाही गरिएको वृत्त प्रमुख सुनीलकुमार शाहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!