११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सोच बदल्ने शान्त तलाउँ कार्यक्रम सप्पन्न

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

सागर थापा
दाङ तुल्सीपुरमा एउटा रेडियो कार्यक्रम जसलाई सुनेर मानिसले सोच वदल्छन् । १८ वर्षदेखि मानिसमा सकारात्मक सोचको विकास गर्न निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रम हो शान्त तलाउँ । यहि कार्यक्रमको मियो वनेर स्रोताको मन निरन्तर छामिरहेका छन् तुफानवाबु श्रेष्ठ ।
‘रेडियो पनि सुन्छन् र ? भन्नेलाई उनका कार्यक्रमका श्रृखलाहरु नै काफी छन् ’ सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष अर्जुन गिरीले भने । नेपाली रेडियोको इतिहासमा शान्त तलाउँ लिपिवद्ध हुने कार्यक्रम भएको उनको ठोकुवा थियो ।
शान्त तलाउँले २ सय ५० वटा श्रृखला पुरा गरेको अवसरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले समाज रुपान्तरणमा कार्यक्रमले अहम् भुमिका खेलेको वताए । केन्द्रबाट प्रशारित कार्यक्रम स्थानीय रेडियोले प्रशारण गरिरहेको अवस्थामा शान्त तलाउँ स्थानीय स्तरमा उत्पादन भएर केन्द्रमा प्रशारण हुने नमुनायोग्य कार्यक्रम भएको उनले दाबी गरे ।
‘रेडियोमा कार्यक्रम सञ्चालन गर्न भन्दा तयारी गर्न गाह्रो छ ,उहाँले निकै तयारी गरेर कार्यक्रम सञ्चालन गर्नुहुन्छ’ प्रमुख अतिथि पोख्रेलले वताए ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिववहादुर सिंहले रेडियो कार्यक्रमको लोकप्रियताका बारेमा सुनेर उत्साहित भएको वताए । समाज रुपान्तरणका लागि रेडियो कार्यक्रमले खेलेको भुमिकाको उनले मुक्तकण्ठले प्रशंसा समेत गरे । ‘हामी सबैको मिसन समाज परिवर्तन नै हो , यस्ता कार्यक्रमले समाजमा धेरै राम्रो भुमिका खेल्छन’ सिहले भने ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालले शान्त तलाउँ गुणात्मक कार्यक्रम भएको वताउँदै निरन्तरताको कामना गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रम सञ्चालक तुफानबाबु श्रेष्ठले सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य अनुसार कार्यक्रमलाई निरन्तरता दिएको बताए । ‘मेरो जीवनको अंश जस्तै भएको शान्त तलाउँ’ उनले भने । कार्यक्रम सञ्चालन गरेपछि स्रोताको प्रतिक्रियाले आफुलाई उत्साहित वनाएको उनको भनाई थियो ।
शान्त तलाउको गौरबपूर्ण २ सय ५० औ श्रृखलाको समिक्षा कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, मल्टिपल मिडिया प्रालिका प्रवन्ध सम्पादक संगीत वस्याल, चलचित्र पत्रकार संघ दाङ्गका अध्यक्ष शिव पुन, रेडियो पाठशालाका पूर्ण केसी, स्रोता मनोहरी थापा लगायतले सफलताको कामना गरेका थिए ।
माधव कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वसन्त आचार्यले गरेका थिए भने धन्यवाद ज्ञापन रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष देववहादुर केसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!