०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

सोच बदल्ने शान्त तलाउँ कार्यक्रम सप्पन्न

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

सागर थापा
दाङ तुल्सीपुरमा एउटा रेडियो कार्यक्रम जसलाई सुनेर मानिसले सोच वदल्छन् । १८ वर्षदेखि मानिसमा सकारात्मक सोचको विकास गर्न निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रम हो शान्त तलाउँ । यहि कार्यक्रमको मियो वनेर स्रोताको मन निरन्तर छामिरहेका छन् तुफानवाबु श्रेष्ठ ।
‘रेडियो पनि सुन्छन् र ? भन्नेलाई उनका कार्यक्रमका श्रृखलाहरु नै काफी छन् ’ सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष अर्जुन गिरीले भने । नेपाली रेडियोको इतिहासमा शान्त तलाउँ लिपिवद्ध हुने कार्यक्रम भएको उनको ठोकुवा थियो ।
शान्त तलाउँले २ सय ५० वटा श्रृखला पुरा गरेको अवसरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले समाज रुपान्तरणमा कार्यक्रमले अहम् भुमिका खेलेको वताए । केन्द्रबाट प्रशारित कार्यक्रम स्थानीय रेडियोले प्रशारण गरिरहेको अवस्थामा शान्त तलाउँ स्थानीय स्तरमा उत्पादन भएर केन्द्रमा प्रशारण हुने नमुनायोग्य कार्यक्रम भएको उनले दाबी गरे ।
‘रेडियोमा कार्यक्रम सञ्चालन गर्न भन्दा तयारी गर्न गाह्रो छ ,उहाँले निकै तयारी गरेर कार्यक्रम सञ्चालन गर्नुहुन्छ’ प्रमुख अतिथि पोख्रेलले वताए ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिववहादुर सिंहले रेडियो कार्यक्रमको लोकप्रियताका बारेमा सुनेर उत्साहित भएको वताए । समाज रुपान्तरणका लागि रेडियो कार्यक्रमले खेलेको भुमिकाको उनले मुक्तकण्ठले प्रशंसा समेत गरे । ‘हामी सबैको मिसन समाज परिवर्तन नै हो , यस्ता कार्यक्रमले समाजमा धेरै राम्रो भुमिका खेल्छन’ सिहले भने ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालले शान्त तलाउँ गुणात्मक कार्यक्रम भएको वताउँदै निरन्तरताको कामना गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रम सञ्चालक तुफानबाबु श्रेष्ठले सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य अनुसार कार्यक्रमलाई निरन्तरता दिएको बताए । ‘मेरो जीवनको अंश जस्तै भएको शान्त तलाउँ’ उनले भने । कार्यक्रम सञ्चालन गरेपछि स्रोताको प्रतिक्रियाले आफुलाई उत्साहित वनाएको उनको भनाई थियो ।
शान्त तलाउको गौरबपूर्ण २ सय ५० औ श्रृखलाको समिक्षा कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, मल्टिपल मिडिया प्रालिका प्रवन्ध सम्पादक संगीत वस्याल, चलचित्र पत्रकार संघ दाङ्गका अध्यक्ष शिव पुन, रेडियो पाठशालाका पूर्ण केसी, स्रोता मनोहरी थापा लगायतले सफलताको कामना गरेका थिए ।
माधव कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वसन्त आचार्यले गरेका थिए भने धन्यवाद ज्ञापन रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष देववहादुर केसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!