११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
×

बाँके निगमको लागतमा तीन ३ करोडको आधुनिक सुबिधा भएको पेट्रोल पम्प बन्दै:पोख्रेल

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

सागर थापा
नेपाल आयल निगम बाँकेले अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय बाँकेका अनुसार ३ करोड को लागतमा केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने भएको हो ।नेपाल आयल निगम डिपो कार्यालय बाँकेका कार्यालय प्रमुख नव विनोद पोख्रेलले पश्चिम नेपालकै नमुनाका रूपमा निगमको आफ्नै ११ कठ्ठा जग्गामा आधुनिक पम्प निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले सो अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ जडान हुने र सवारी चालकले सवारी साधनमा इन्धन भर्ने क्रममा सवारी धनीलाई जालझेल गरेर ठग्न नपाउने बताउनुभयो ।
डिपो प्रमुख पोख्रेलले सवारीधनीको मोबाइल नम्बरमा सवारी साधनको नम्बरसहितको सन्देश इन्धन भर्नेबित्तिकै सवारी धनीको मोबाइलमा पुग्ने हुँदा चालकले सवारी धनीलाई जालझेल र ठगी गर्न पाउने छैनन् ।
अत्याधुनिक पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफीसप र अत्याधुनिक शौचालय निर्माण गरिने छ । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातानुकूलित बनाइने पनि डिपो कार्यालय नेपालगञ्जका प्रमुख पोख्रेलले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]

घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा […]

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]