२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

दाङमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

सागर थापा
दाङमा कोरोना संक्रमण रोकथामका लागि दाङमा आजदेखि साँझको समयमा कफ्र्यु आदेश जारी गरिएको छ । लकडाउन खुलेपश्चात कोरोना समुदायस्तरमा फैलने खतरा बढेपछि स्थानीय प्रशासनले आजदेखि साँझको समयमा कफ्र्यु आदेश जारी गरेको हो ।
प्रशासनले आजदेखी ८ गते सम्म बेलुका ७ बजे देखी विहान ५ बजे सम्म पसल तथा यातायात सबै बन्द हुने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको साउन ३० गते बसेको वैठकले यही आजदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको हो ।
आजदेखि रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाइएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
यस्तै चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाएको उहाँले बताउनुभयो ।
केन्द्रको वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, माइकिङ लगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ ।
यसैबिच कोरोनाको सङ्क्रमण बढ्दै गएपछि अहिलेसम्म देशका ४१ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् ।
सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!