२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

युवा उद्यमी लामिछानेले गरे जन्मदिनकाे अवसरमा बिरुवा बितरण

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

कपिल लामिछाने
देवा स: मिलका सञ्चालक राजन लामिछानेले आफ्नाे ३० ओैँ जन्मदिनकाे अवसरमा ३ सय बाेट बिरुवा वितरण गर्नुभएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का लामिछानेले तुलसीपुर १७ मा रहेकाे आफ्नाे काठ मिलबाट उक्त बिरुवा वितरण गर्नुभएकाे हाे ।
प्रत्येक बर्ष आफ्नाे जन्मदिनकाे अवसरमा केहि न केहि सामाजिक काम गर्दै आउनुभएका लामिछानेले यस बर्ष पनि बिभिन्न टाेलहरुका किसानहरुलाई सिसाै,टिक,काईयाे,जामुन र ३ घरधुरीलाई २५ केजिकाे चामल समेत वितरण गर्नुभयाे ।
मिल वरिपरिका एकिकृत नमुना टाेल बिकास संस्था,शुभकाेटी टाेल बिकास संस्था, पिपल चाैतारा टाेल बिकास संस्था र देबिपुर टाेल बिकास संस्थाका करिव १ सय घरधुरीलाई १/१ प्रति सबै बिरुवाहरु प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा बाेल्दै लामिछानेले बिगतका दिनहरुमा गर्दै आईरहेका कामहरुलाइ निरन्तरता दिदैँ समाज प्रति समर्पित हुदैँ यी र यस्ता किसिमका कामहरु गर्दै अगाडि बढ्ने कुरा बताउनुभयाे । कार्यक्रममा नेकपाका जिल्ला सदस्य तुलाराम भणडारी ‘बारुद’ ,छरछरे खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टाेप बहादुर वली देबिपुर टाेलका अध्यक्ष पुर्ण वली लगाएतले मन्तव्य ब्यक्त गर्नुभएकाे थियाे ।
युवा उद्यमी राजन लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रम युवा उद्यमी तथा देवा स:मिलका सञ्चालक माधव कडेलकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन एकिकृत नमुना टाेलका सचिव कपिल लामिछानेले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!