२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

युवा उद्यमी लामिछानेले गरे जन्मदिनकाे अवसरमा बिरुवा बितरण

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

कपिल लामिछाने
देवा स: मिलका सञ्चालक राजन लामिछानेले आफ्नाे ३० ओैँ जन्मदिनकाे अवसरमा ३ सय बाेट बिरुवा वितरण गर्नुभएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का लामिछानेले तुलसीपुर १७ मा रहेकाे आफ्नाे काठ मिलबाट उक्त बिरुवा वितरण गर्नुभएकाे हाे ।
प्रत्येक बर्ष आफ्नाे जन्मदिनकाे अवसरमा केहि न केहि सामाजिक काम गर्दै आउनुभएका लामिछानेले यस बर्ष पनि बिभिन्न टाेलहरुका किसानहरुलाई सिसाै,टिक,काईयाे,जामुन र ३ घरधुरीलाई २५ केजिकाे चामल समेत वितरण गर्नुभयाे ।
मिल वरिपरिका एकिकृत नमुना टाेल बिकास संस्था,शुभकाेटी टाेल बिकास संस्था, पिपल चाैतारा टाेल बिकास संस्था र देबिपुर टाेल बिकास संस्थाका करिव १ सय घरधुरीलाई १/१ प्रति सबै बिरुवाहरु प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा बाेल्दै लामिछानेले बिगतका दिनहरुमा गर्दै आईरहेका कामहरुलाइ निरन्तरता दिदैँ समाज प्रति समर्पित हुदैँ यी र यस्ता किसिमका कामहरु गर्दै अगाडि बढ्ने कुरा बताउनुभयाे । कार्यक्रममा नेकपाका जिल्ला सदस्य तुलाराम भणडारी ‘बारुद’ ,छरछरे खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टाेप बहादुर वली देबिपुर टाेलका अध्यक्ष पुर्ण वली लगाएतले मन्तव्य ब्यक्त गर्नुभएकाे थियाे ।
युवा उद्यमी राजन लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रम युवा उद्यमी तथा देवा स:मिलका सञ्चालक माधव कडेलकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन एकिकृत नमुना टाेलका सचिव कपिल लामिछानेले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!