०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

पानीमा डुवेर दुई वालिकाको मृत्यु

Logo
प्रकाशित मंगलबार, भाद्र ०२, २०७७

सागर थापा दाङमा सोमबार बेलुका ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँ बस्ने मनोज चौधरीको १५ महिनाकी छोरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
आफ्नै घरको आगनमा खेल्ने क्रममा घर नजिकैको कुलोमा डुवेको बालिकाको उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।
त्यस्तै गढवामा बाल्टिको पानीमा डुबेर एक बर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउापालिका वडा नं.४ खजरौट बस्ने महोमदरजा मियाको घर नजिकै खेल्ने क्रममा बाल्टीमा डुबेर घाईते भएको अवस्थामा स्थानिय मेडिकलमा उपचारको क्रममा सोमबार मृत्यु भएको दाङ प्रहरी प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!