०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

बाँके कोहलपुरमा पाँच दिन थप लकडाउन

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

महेन्द्र सिंह
बाँके कोहलपुर समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म बन्दाबन्दि थप गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले बताए ।
बिहीवार नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा समूदाय स्तरमा कोरोना संक्रमण बढेकाले बन्दाबन्दीलाई थप गर्दै भाद्र ६ गतेदेखि थप कडा बनाउने निर्णय गरेको हो ।
बैठकले नगर क्षेत्र भित्र एम्वुलेन्स, शववहान र अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक नगरपालिकाको कार्यालय,सवै वडा कार्यालय र शाखा कार्यालयहरु, नगरपालिका क्षेत्र भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघ संस्था, बैंक तथा वित्तिय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!