०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेमा एसपी रानाको दुई महिनाको काम कार्वाही प्रगति विवरण सार्वजनिक

Logo
प्रकाशित आइतबार, भाद्र ०७, २०७७

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हाल्न आइपुगेका एसपी ओमबहादुर रानाको नेतृत्वमा भएको प्रगति लोभलाग्दो छ ।
उनी बाँके आइपुगेको दुई महिना तीन दिन भयो । तर प्रगतिको फड्कोले सबैलाई आश्चर्य पारिदिएको छ । मोष्ट वाण्टेड पक्राउदेखि तस्करी र आपराधिक गतिविधि नियन्त्रणसम्मका दर्जनौं उपलव्धीले यतिबेला चर्चाको शिखरमा बाँके प्रहरी पुगेको छ ।
भन्सार चोरी निकासी पैठारी गर्ने मानिस तथा सवारी साधन पक्राउको विवरण उल्लेख्य छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविििध निस्तेज पार्ने अभियानमा एसपी रानाको नेतृत्वमा बाँकेमा प्रहरी सक्रियता व्यापक बनेको छ । भन्सार चोरी पैठारी गर्ने ५७ जना पक्राउ परिसकेका छन् । त्यसो त ७५ लाखभन्दा बढी राजश्व समेत जम्मा गर्न सफल भएको छ ।
उनको नेतृत्वमा मष्टवाण्टेड पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्नहर पक्राउ परेका छन् । त्यस्तै, ट्राफिक नियम कार्यान्वयन गर्ने सवालमा कडाई गरिएको छ । दुई महिनाकै अवधिमा ९८ फरार अभियुक्तहरु पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!