२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्यूठानमा शुक्रबार देखि एक हप्ताको लागि लकडाउन

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

सागर थापा
प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि शुक्रबार देखि एक हप्ताको लागि लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यही १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिने भुसालले बताउनुभयो ।
यसअघि १५ गतेसम्म सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय गरिएको थियो । सो समय अवधिलाई तीन दिन थप गरी भदौ १८ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय भएको हो। एक हप्ताका लागि अत्यावश्यक पसलबाहेक सबै बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!