०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्यूठानमा शुक्रबार देखि एक हप्ताको लागि लकडाउन

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

सागर थापा
प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि शुक्रबार देखि एक हप्ताको लागि लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यही १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिने भुसालले बताउनुभयो ।
यसअघि १५ गतेसम्म सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय गरिएको थियो । सो समय अवधिलाई तीन दिन थप गरी भदौ १८ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय भएको हो। एक हप्ताका लागि अत्यावश्यक पसलबाहेक सबै बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!