०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अमेरिकामा निशुल्क खाधन्न वितरण

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

ABC Sanchar अमेरिका गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।
तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि दोस्रो पटक निशुल्क खाधन्न वितरण कार्यक्रम अगस्ट २५, २०२० सम्पन्न गरेको छ। सेवा नै धर्म हो भन्ने नारा का साथ फाउण्डेशन ले विभिन्न समुदायका ६५०० जना भन्दा बढी मा सेवा पुराइ सकेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे दिनु भयो।
यसै क्रममा मंगलवार, अगस्ट २५, २०२० बेलुका ६ बजे ७२-२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निशुल्क खाधन्न(ग्रोसरी, ड्राय फुड) र २००० पिस सर्जिकल मास्क वितरण गर्यो। उक्त ग्रोसरी र ५०० पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, ५०० पिस मास्क सेनेटर माईकल ज्यानारेसिस, ५०० पिस मास्क ऐसेमब्लीमेन माईकल डेनडेक्कर र ५०० पिस मास्क सेनेटर जोन लु वाट यस फाउण्डेशनलाई सहयोग गर्नु भएको थियो र यी सामग्रीहरु आजै विभिन्न समुदायका १०० जना भन्दा बढी मानिस लाई लाईनमा प्रथमतः का आधार मा वितरण गरियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

error: Content is protected !!