१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

साला अपहरण गर्ने भिनाजु पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

महेन्द्र सिंह बाँके ससुरासँग ४ लाख ८५ हजार नगद रहेको थाहा पाएपछि नेपालगञ्ज–१६ का कल्लु भन्ने कलिम खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका हुन् । भदौ ९ गते राती साढे आठ बजे मोहर्रम हेर्न गएको बेला कलिमले सालालाई अपहरण गरेका थिए । अपहरण गरेर उनले दुई दिन आफ्नै घरमा राखेका थिए ।
सालालाई घरमा राखेपछि ससुरालमा फोन गरेर दश लाख फिरौती मागेका थिए । बालक अपहरणमा परेको भोलीपल्ट प्रहरीलाई खबर आएको थियो । प्रहरीले रातभरी अप्रेसन चलाएर बालकको उद्धार गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]