२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बाँके प्रशासनले अब हप्ताको २ दिन निषेधाज्ञा जारी गर्ने

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

सागर थापा बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को शुक्रबार बसेको बैठकले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लगाउने निर्णय गरेको हो । अर्को हप्तादेखि निर्णय कार्यान्वयन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता दीर्घराज उपाध्यायले हप्ताको दुई दिन शुक्रबार र शनिबार ठप्प पार्ने निर्णय भएको जानकारी दिनुभयो । ‘पाँच दिन सबै खुल्छन्, हप्ताको दुई दिन शुक्रबार र शनिबार सबै ठप्प पार्छौ, प्रवक्ता उपाध्यायले भन्नुभयो, दुई दिन रोक्दा मात्रै पनि स्थिति कन्ट्रोल गर्न सहज हुने आकलन गरेका छौं ।’
बाँकेमा दैनिक नै संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा कसरी जाने भन्ने विषयमा धेरै छलफल भएको थियो । अन्तमा दुई दिन ठप्प पारेर अघि बढ्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!