०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

उच्च अदालत बार ईकाइ तुलसीपुर दाङको चौथो वार्षिक साधारण सभा

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

तुफानबाबु श्रेष्ठ
दाङ, १३ भदौ ।
बरिष्ठ अधिवक्ता बामदेव शर्माले नेपाल बार एसोसिएशनका सबै तहका बार ईकाइहरुलाई नितिगत रुपमा केन्द्रीकृत हुनुपर्ने बताउनु भएको छ । नेपाल बार एसोसिएशन उच्च अदालत बार ईकाइ तुलसीपुर दाङको चौथो वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले नेपाल बारको एउटै छाता संगठनमा आवद्द सम्पूर्ण कानुन व्यबसायीहरुले गुटगत राजनीति र मनोगत निर्णयलाई त्याग्नु पर्ने बताउनु भयो । साथै बार र अदालतको संयुक्त बेन्च बैठकमा सम्पूर्ण कानुन व्यबसायीहरुको एउटै मत हुनुपर्ने उहाँको धारणा थियो ।
उच्च अदालत बार ईकाइ तुलसीपुर दाङका अध्यक्ष रबिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता प्रदिप धितालले कानुन व्यबसायीहरु समाज र राष्ट्रको आशाको केन्द्र भएकाले आचार संहिताको पूर्ण पालना संगै कानुन व्यबसायीहरुले आफ्नो आचरणमा आमुल सुधार गर्नुपर्ने कुरामा जोड दिनुभयो । न्याय प्राप्ती कानुन व्यबसायीहरुबाट मात्रै हुन्छ भन्ने आम नागरिकको भरोसा प्रति सम्पूर्ण कानुन व्यबसायीहरु गंभिर हुनुपर्ने उहाँको धारणा थियो । साथै अदालतको आदेशको फैसला पूर्ण रुपमा कार्यान्वयन नभएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष गोकर्ण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कालो कोटलाई समाजले सम्मान गर्ने भएकोले यसको छवी र मर्यादालाई उचो राख्न सम्पूर्ण कानुन व्यबसायीहरु गंभिर हुनुपर्ने बताउनु भयो । साथै उहाँले २०५३ सालमा ८ जना कानुन व्यबसायीहरु मिलेर स्थापना भएको बार ईकाइ तुलसीपुरमा हाल ३० जना कानुन व्यबसायीहरु आवद्द भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष प्रकाश रेग्मीले आर्थिक प्रतिवेदन र सचिव सुनिल धितालले सचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]