०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

उच्च अदालत बार ईकाइ तुलसीपुर दाङको चौथो वार्षिक साधारण सभा

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

तुफानबाबु श्रेष्ठ
दाङ, १३ भदौ ।
बरिष्ठ अधिवक्ता बामदेव शर्माले नेपाल बार एसोसिएशनका सबै तहका बार ईकाइहरुलाई नितिगत रुपमा केन्द्रीकृत हुनुपर्ने बताउनु भएको छ । नेपाल बार एसोसिएशन उच्च अदालत बार ईकाइ तुलसीपुर दाङको चौथो वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले नेपाल बारको एउटै छाता संगठनमा आवद्द सम्पूर्ण कानुन व्यबसायीहरुले गुटगत राजनीति र मनोगत निर्णयलाई त्याग्नु पर्ने बताउनु भयो । साथै बार र अदालतको संयुक्त बेन्च बैठकमा सम्पूर्ण कानुन व्यबसायीहरुको एउटै मत हुनुपर्ने उहाँको धारणा थियो ।
उच्च अदालत बार ईकाइ तुलसीपुर दाङका अध्यक्ष रबिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता प्रदिप धितालले कानुन व्यबसायीहरु समाज र राष्ट्रको आशाको केन्द्र भएकाले आचार संहिताको पूर्ण पालना संगै कानुन व्यबसायीहरुले आफ्नो आचरणमा आमुल सुधार गर्नुपर्ने कुरामा जोड दिनुभयो । न्याय प्राप्ती कानुन व्यबसायीहरुबाट मात्रै हुन्छ भन्ने आम नागरिकको भरोसा प्रति सम्पूर्ण कानुन व्यबसायीहरु गंभिर हुनुपर्ने उहाँको धारणा थियो । साथै अदालतको आदेशको फैसला पूर्ण रुपमा कार्यान्वयन नभएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष गोकर्ण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कालो कोटलाई समाजले सम्मान गर्ने भएकोले यसको छवी र मर्यादालाई उचो राख्न सम्पूर्ण कानुन व्यबसायीहरु गंभिर हुनुपर्ने बताउनु भयो । साथै उहाँले २०५३ सालमा ८ जना कानुन व्यबसायीहरु मिलेर स्थापना भएको बार ईकाइ तुलसीपुरमा हाल ३० जना कानुन व्यबसायीहरु आवद्द भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष प्रकाश रेग्मीले आर्थिक प्रतिवेदन र सचिव सुनिल धितालले सचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!