०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

दाङमा स्वास्थ्यकर्मी र ब्यापारी गरी १९ जनामा कोरोना संक्रमण

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

ABC Sanchar
दाङमा आज १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका ११, तुलसीपुरका ७ र चितवन घर भएका १ जना गरी १९ जनामा संक्रमण भएको छ । संक्रमण पुष्टि हुनेमा घोराही–१० का ५ जना, घोराही–१५ का ३ जना, घोराही–८ र ११ का २ जना रहेका छन् ।
उनिहरु सबैको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरीएको हो । संक्रमितहरु बैंक कर्मचारीका परिवार, नारायणपुरका व्यापारी र स्थानीय रहेको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो ।
समुदायस्तरका ८५ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । यस्तै तुलसीपुरमा ७ जनामा संक्रमण देखिएको छ । प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगर ५ का ३२ र ३७ बर्षका दुई जना, वडा नम्बर ६ का ३५ र ४१ बर्षका दुई जना, वडा नम्बर ९ का ५६ बर्षिय एक जना र वडा नम्बर १९ का ३५ बर्षिय एक जनामा संक्रमण पुष्टि भएको हो । उनिहरुमध्ये २ जना राप्ती प्रादेशिक अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेको अस्तापल स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!