२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा स्वास्थ्यकर्मी र ब्यापारी गरी १९ जनामा कोरोना संक्रमण

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

ABC Sanchar
दाङमा आज १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका ११, तुलसीपुरका ७ र चितवन घर भएका १ जना गरी १९ जनामा संक्रमण भएको छ । संक्रमण पुष्टि हुनेमा घोराही–१० का ५ जना, घोराही–१५ का ३ जना, घोराही–८ र ११ का २ जना रहेका छन् ।
उनिहरु सबैको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरीएको हो । संक्रमितहरु बैंक कर्मचारीका परिवार, नारायणपुरका व्यापारी र स्थानीय रहेको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो ।
समुदायस्तरका ८५ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । यस्तै तुलसीपुरमा ७ जनामा संक्रमण देखिएको छ । प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगर ५ का ३२ र ३७ बर्षका दुई जना, वडा नम्बर ६ का ३५ र ४१ बर्षका दुई जना, वडा नम्बर ९ का ५६ बर्षिय एक जना र वडा नम्बर १९ का ३५ बर्षिय एक जनामा संक्रमण पुष्टि भएको हो । उनिहरुमध्ये २ जना राप्ती प्रादेशिक अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेको अस्तापल स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!